प्रहरीका अनुसार उनी चारजना साथीसहित तालबाराही मन्दिरमा पुगेका थिए । मन्दिरमा डुंगा राखेर दुईजना तालमा पौडने क्रममा रोहित कुमार डुब्न पुगेका थिए ।
पोखरा — पोखराको फेवातालमा डुबेर भारतीय पर्यटकको निधन भएको छ । शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर भारतको विहारबाट पोखरा घुम्न आएका २८ वर्षीय रोहित कुमारको निधन भएको हो ।
प्रहरीका अनुसार उनी चारजना साथीसहित तालबाराही मन्दिरमा पुगेका थिए । मन्दिरमा डुंगा राखेर दुईजना तालमा पौडने क्रममा रोहित कुमार डुब्न पुगेका थिए । उनी तालमा डुबेको खबर प्राप्त हुनासाथ नजिकै रहेको फेवा वाच एन्ड रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको विपद् व्यवस्थापन टोलीले तत्कालै खोजी सुरु गरेको थियो ।
करिब ४:५० बजे डुबेका उनलाई उक्त टोलीले ५:१० बजे १० फिट गहिराइबाट अचेत अवस्थामा बाहिर निकालेको थियो । उनलाई तत्कालै उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए ।
