मुग्लिन पुलको लठ्ठामा हिँड्ने युवकको उद्धार

प्रहरीले सम्झाइबुझाई गरेर ३३ वर्षीय युवकको उद्धार गरेको हो ।

असार १७, २०८३

हरिराम उप्रेती

Rescue of young man walking on a stick on Muglin Bridge

गोरखा — मुग्लिनस्थित पुरानो पुलको लठ्ठामा हिँड्ने युवकको प्रहरी र स्थानीयले उद्धार गरेका छन् । दाङको राजापुर घर भई मुग्लिनमा ज्याला मजदुरी गरेर बस्दै आएका ३३ वर्षीय युवक बुधबार मुग्लिनको पुलको लठ्ठामा चढेर हिँडेका थिए ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदी नेतृत्वको टोलीले सम्झाइबुझाई गरेर उनको उद्धार गरेको हो । उद्धार गरिएका युवकलाई अहिले इलाका प्रहरी कार्यालय आवुाखैरेनीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी द्वारिका घिमिरेले बताए ।

‘पारिवारिक समस्यामा रहेको बुझेका छौँ, थप कुरा सोधिखोजी भइरहेको छ,’ उनले भने । जोखिमपूर्ण अवस्थामा लठ्ठामा हिँडिरहेको युवकको सकुशल उद्धार भएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully