अन्नपूर्ण संरक्षित क्षेत्रमा उडाइएको ड्रोन नियन्त्रणमा

बिनाअनुमति उडाइरहेको भेटिएपछि भारतीय पर्यटकको ड्रोन नियन्त्रणमा लिएको हो ।

जेष्ठ २८, २०८३

रासस

Drones flown in Annapurna Protected Area under control

मुस्ताङ — अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमतिबिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ । 

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ बिनाअनुमति ड्रोन क्यामरा उडाइरहेको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले भारतीय पर्यटकको एक थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको जनाएको छ ।

भारत विहार प्रदेश वैशाखी जिल्लाका २६ वर्षीय नागरिक शिवम कुमारको डिजिएल कम्पनीको २४० ग्राम वजनको ड्रोन नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

हवाई उडानसम्बन्धी कार्यविधिबमोजिम आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको ड्रोन नेपाल नागरिक उड्यन प्राविधिकरणको जोमसाम शाखा कार्यालयमा पठाइएको उनले बताए ।

ड्रोन क्यामेरा उडान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको हुनुपर्ने तथा मुस्ताङमा अन्नपूर्ण सरक्षित क्षेत्र भएकाले जिल्ला प्रशासन कार्यालय र एक्यापमो पूर्वलिखित अनुमति लिनुपर्ने हुन्छ । त्यस्तै जोमसोम विमानस्थल क्षेत्रको मापदण्डभित्र पर्ने दूरीमा ड्रोन उडाइएकाले त्यस नियमको समेत उल्लङ्घन भएको प्रहरीको भनाइ छ ।

मुस्ताङमा चलचित्र तथा डकुमेन्ट्री छायांकनका लागि ड्रोन प्रयोग गर्न चाहने व्यक्ति वा संस्थाले ड्रोनको आधिकारिक दर्ता विवरण र प्रशासन र एक्यापको पूर्वस्वीकृति लिनुपर्नेछ ।

रासस

Link copied successfully