२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट रास्वपाका उम्मेदवारसमेत रहेका पुर्जा सभापति निर्वाचित भएका हुन् ।
पर्वत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको प्रथम जिल्ला अधिवेशनले जलबहादुर पुर्जा पुनलाई जिल्ला सभापतिमा निर्वाचित गरेको छ ।
सभापतिमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिए पनि गंगालाल रिमालले उम्मेदवारी फिर्ता नलिएपछि मतदान प्रक्रिया अपनाइएको थियो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट रास्वपाका उम्मेदवारसमेत रहेका पुर्जा सभापति निर्वाचित भएका हुन् ।
अधिवेशनबाट १० सदस्यीय जिल्ला कार्यसमिति समेत चयन गरिएको छ । कार्यसमितिको उपसभापतिमा शारदा कुमारी शर्मा, सचिवमा रामेश्वर गौतम तथा सहसचिवमा नारायण प्रसाद भुसाल निर्वाचित भएका छन् ।
