फिर्के खोला मिचेर बनाइएका १६० भन्दा धेरै संरचना भत्काइँदै

पोखरा महानगरले फिर्के खोला नापजाँच प्रतिवेदनअनुसार सबै प्रकृतिका संरचना हटाउन थालेको हो ।

जेष्ठ १०, २०८३

दीपक परियार

More than 160 structures built by encroaching on the Firke River are being demolished

काठमाडौँ — पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर बनाइएका संरचनामा आइतबारदेखि हटाउन सुरु गरेको छ । 

खोलाघर खाली गर्नेसम्बन्धी ३५ दिने सूचना शनिबार सकिएको थियो । महानगरले असार २०८० मा गरेको फिर्के खोला नापजाँच प्रतिवेदनअनुसार खोलाघरमा निर्माण भएका सबै प्रकृतिका संरचना हटाउन थालेको हो ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार व्यक्ति तथा संस्थाका १ सय ६० भन्दा धेरै अस्थायी तथा पक्की संरचना भत्किनेछन् ।

आइतबार तीन स्थानबाट अभियान सुरू भएको छ । पोखरा २ र १८ को सिमाना अँधेरी कुनादेखि सुरु गरी वडा नम्बर ४ तर्फ आउने, पोखरा ४ र ५ को सिमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नं ५ र ८ तर्फ आउने र पोखरा ७ र ८ को सिमाना जिरोकिमी स्थित लायन्सको भवनबाट सुरु गरी वडा नं ६ तर्फ आउने आचार्यले जानकारी दिए । 

उनले हाल खोला किनारबाट ६ मिटर मापदण्ड कायम गरिएको बताउँदै त्यसभित्र फिर्के खोलाको सौन्दर्यीकरण सहित खोला संरक्षणको काम गर्ने उल्लेख गरे । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully