विमिरेभन्ज्याङमा पहिरो जाँदा लमजुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

वर्षा हुनासाथ उक्त क्षेत्रमा पहिरो झर्ने समस्या दोहोरिँदा दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ ।

वैशाख २२, २०८३

आश गुरुङ

Landslide in Bimire Bhanjyang blocks Mid-Hill Highway in Lamjung

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिका–१०, विमिरेभन्ज्याङ नजिकै मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पहिरो खस्दा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको छ ।

वर्षा हुनासाथ उक्त क्षेत्रमा पहिरो झर्ने समस्या दोहोरिँदा दैनिकजसो सडक अवरुद्ध हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार मंगलबार बिहान करिब ७ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।

Landslide in Bimire Bhanjyang blocks Mid-Hill Highway in Lamjung

सडक अवरुद्ध भएपछि भोर्लेटारबाट लमजुङ सदरमुकाम बेसीसहरतर्फ हिँडेका छोटो तथा लामो दूरीका सवारीसाधन तथा सुन्दरबजार–विमिरेभन्ज्याङ हुँदै भोर्लेटार, रामबजार हुँदै कास्कीसँग जोडिएका लमजुङका ग्रामीण क्षेत्र र प्रदेश राजधानी पोखरातर्फ जाने सवारीसाधन रोकिएका छन् ।

Landslide in Bimire Bhanjyang blocks Mid-Hill Highway in Lamjung

सडकमाथिको पहरामा ढुंगा–माटो निकाल्ने काम सुरु भएपछि गत वर्ष ठूलो पहिरो गएको थियो । त्यसयता समस्या झन् बढेको स्थानीयले बताएका छन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully