नेपाल प्रहरीका ५० प्रतिशत कार्यालय र इकाइ अझै पनि भाडाका घरमा : महानिरीक्षक कार्की

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी प्रमुख कार्कीले विकास निर्माणसँगै नागरिकका लागि सुरक्षा पहिलो प्राथमिकता भएकाले नागरिकले प्रत्याभूति गर्ने गरी शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

वैशाख १९, २०८३

नवीन पौडेल

50 percent of Nepal Police offices and units still in rented houses: Inspector General Karki

नवलपुर — नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले स्रोतको अभाव र न्यूनतम सुविधामा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाइरहेको बताएका छन् ।

‘त्यसैले हामी प्रहरी सङ्गठनलाई प्रविधियुक्त बनाउनेतर्फ लागिपरेका छौं,’ उनले भने, ‘७० वर्ष लामो इतिहास बोकेको सङ्गठनका कार्यालय अहिले पनि ५० प्रतिशत भाडामा घरमा रहनु दुःखद कुरा हो ।’ 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी प्रमुख कार्कीले विकास निर्माणसँगै नागरिकका लागि सुरक्षा पहिलो प्राथमिकता भएकाले नागरिकले प्रत्याभूति गर्ने गरी शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

भवन उद्घाटन कार्यक्रममा गाउँपालिका राष्टि्रय महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले २१ औं शताब्दीमा भौतिक विकाससँगै सुरक्षा र नागरिकले अमनचैनको महसुस गर्नुपर्नेमा जोड दिइन् । प्रहरीलाई भौतिक रूपमा सम्पन्न गराउन स्थानीय तहले सहयोग गर्दा महालेखा परीक्षकले बेरुजु देखाउने भन्दै शान्ति सुरक्षा कायममा प्रविधिमैत्री प्रहरी सङ्गठन निर्माणमा तीनै तहको सहकार्य आवश्यक रहेको पनि उनले बताइन् । गण्डकी प्रदेश सरकारको ३ करोड २ लाख रुपैयाँको लागतमा यहाँ सुविधासम्पन्न प्रहरी भवन निर्माण गरिएको हो ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully