फेवातालमा डुबेर बालकको मृत्यु

पोखरा महानगरपालिका–१८ खपौदीका १० वर्षीय अमरेश लामा शुक्रबार बिहान करिब ११ बजे तालमा पौडी खेल्ने क्रममा डुबेका हुन् ।

वैशाख १८, २०८३

दीपक परियार

Child dies after drowning in Fewa Lake

पोखरा — फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।

कास्की प्रहरीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका–१८ खपौदीका १० वर्षीय अमरेश लामा शुक्रबार बिहान करिब ११ बजे तालमा पौडी खेल्ने क्रममा डुबेका हुन् ।

उनी डुबेर बेपत्ता भएपछि तत्कालै सशस्त्र प्रहरीको उद्धार टोली परिचालन गरिएको थियो । वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको नेतृत्वमा ८ जना र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा ७ जनाको टोली घटनास्थल पुगेको थियो ।

उद्धार टोलीले उनलाई तालबाट बाहिर निकाली उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो । तर उपचारकै क्रममा दिउँसो १२ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully