बिमिरेभन्ज्याङमा पुनः पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

वर्षाका कारण बुधबार साँझ साढे ५ बजेतिर पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

वैशाख १६, २०८३

आश गुरुङ

Landslide in Bimire Bhanjyang blocks Mid-Hill Highway

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङमा पुनः पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

वर्षाका कारण बुधबार साँझ साढे ५ बजेतिर पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार सोही स्थानमा बुधबार बिहान पनि करिब २ घण्टा सडक अवरुद्ध भएको थियो। त्यसपछि सञ्चालनमा आएको सडकमा फेरि पहिरो खसेको हो ।

बेंसीसहरबाट सुन्दरबजार हुँदै भोर्लेटार र प्रदेश राजधानी पोखरा जोड्ने उक्त सडकखण्डको बिमिरेभन्ज्याङ क्षेत्रमा यसअघि ठूलो पहिरो गएको थियो। सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully