आहालको दलदलमा फसेको गैँडाको उद्धार

नमुना सामुदायिक वन नजिकै कोरोनाघाट हिलोमा फसेको गैँडाको चितवन राष्ट्रिय निकुञ्जको टोलीले उद्धार गरेको हो ।

वैशाख १३, २०८३

नवीन पौडेल

Rhino trapped in Ahal swamp rescued

नवलपुर — पूर्वी नवलपरासीको नारायणी किनारमा रहेको दलदलमा फसेको गैँडालाई उद्धार गरिएको छ । नमुना सामुदायिक वन नजिकै कोरोनाघाट हिलोमा फसेको गैँडाको चितवन राष्ट्रिय निकुञ्जको टोलीले उद्धार गरेको हो । 

शुक्रबार देखि दलदलमा गैँडा फसेको स्थानीयले देखेपछि निकुञ्ज र मध्यवर्ती समितिलाई खबर गरेका थिए । निकुञ्जको टोलीले डोजरको प्रयोग गरेर फसेको गैँडा बाहिर निकालेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाले बताए । 

अन्दाजी २२ वर्षको पोथी गैँडाको उद्धार गरेर नमुना सामुदायिक वनमा नै छाडिएको निकुञ्जले जनाएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully