आइतबार साझ घरको कोठा भित्र बसेर मोबाइल चलाइरहेको अवस्थामा चट्याङ लागेर थापा गम्भीर घाइते बनेका थिए ।
गोरखा — आइतबार साँझ चट्याङ लागेर गम्भीर घाइते बनेका शहिद लखन गाउपालिका-५ तोरेन पोखरी डाँडाका २६ वर्षीय विनोद थापाको मृत्यु भएको छ ।
आइतबार साझ घरको कोठा भित्र बसेर मोबाइल चलाइरहेको अवस्थामा चट्याङ लागेर थापा गम्भीर घाइते बनेका थिए ।
उनको दाहिने कानबाट रगत बग्नुका साथै आखि भौं, छातिको कपडा र पाइन्ट जलेको थियो । बोल्न नसक्ने अचेत अवस्थामा रहेका थापालाई अस्पताल पुर्याएलगतै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङले मोबाइल पड्केको अवस्थामा भेटिएको तथा बिजुली लाईनको पावर सकेट जलेको घरको भित्ता हल्का भत्केको पनि जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
