जेसिबीमा कार ठोक्किँदा पाँच जना घाइते

प्रहरीका अनुसार सडक पार गरिरहेको मोटरसाइल जोगाउने क्रममा कार जेसिबीमा गएर ठोक्किएको हो ।

वैशाख ५, २०८३

नवीन पौडेल

Five injured after car crashes into JCB

नवलपुर — पूर्वी नवलपरासीको महेन्द्र राजमार्गस्थित देवचुलीमा शनिबार भएको सवारी दुर्घटनामा एकै परिवारका पाँच जना घाइते भएका छन् । 

जिल्लाको देवचुली नगरपालिका–१६ फारममा ‘अनटेस्ट’ जेसिबीसँग नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बा१८च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा कार चालक बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, चालककी आमा ५६ वर्षीया कमला ज्ञवाली, श्रीमती अन्सु पौडेल, तीन वर्षीय छोरा आयान ज्ञवाली, १० महिनाको छोरा  वेदाक्ष ज्ञवाली  घाइते भएका छन् ।

प्रहरीका अनुसार सडक पार गरिरहेको मोटरसाइल जोगाउने क्रममा कार जेसिबीमा गएर ठोक्किएको हो । घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोे छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully