निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गर्न गोरखाका व्यवसायीको माग

यही अवस्था रहे निर्माण कार्य पूर्णरूपमा रोकिने पनि संघले चेतावनी दिएको छ ।

वैशाख १, २०८३

हरिराम उप्रेती

Gorkha businessmen demand declaration of 'state of emergency' in construction industry

गोरखा — निर्माण कार्य तीव्र रुपमा हुने समयमै इन्धनमा भएको मूल्यवृद्धिले आर्थिक भार परेको भन्दै निर्माण उद्योगमा तत्काल ‘आपतकाल’ घोषणा गर्न गोरखाका निर्माण व्यवसायीले माग गरेका छन्। 

आपतकाल घोषणा गरी व्यवसायीलाई राहत दिन संघले माग गरेको हो ।

निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धनमा पटक/पटक भइरहेको मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको संघका अध्यक्ष सूर्यबहादुर भण्डारीले बताए ।

यहीँ अवस्था रहे निर्माण कार्य पूर्णरुपमा रोकिने पनि संघले चेतावनी दिएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully