नेपाली सेनामा चार सन्तान आबद्ध भएका परिवारलाई सम्मान

नेपाली सेनाको रुद्रध्वज गणले गोरखा नगरपालिका–१० छेवेटारका वन्ती कुमाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाकी मतीकुमारी उप्रेतीलाई सम्मान गरेको हो । दुवै परिवारका चार–चार जना नेपाली सेनामा आबद्ध छन् ।

चैत्र २५, २०८२

हरिराम उप्रेती

Honoring a family with four children in the Nepali Army

गोरखा — नेपाली सेनाले चार सन्तान आफ्नो संगठनमा आबद्ध बनेका दुई परिवारलाई सम्मान गरेको छ । 

नेपाली सेना भूपू सैनिक सम्मेलनको गोरखामा भएको उपसम्मेलनमा रुद्रध्वज गणले बुधबार गोरखा नगरपालिका–१० छेवेटारका वन्ती कुमाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाकी मतीकुमारी उप्रेतीलाई सम्मान गरेको हो । दुवै परिवारका चार–चार जना नेपाली सेनामा आबद्ध छन् ।

नेपाली सेनाका उपरथी हरेन्द्र पाठकले दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका थिए । सम्मेलनमा शारीरिक रूपमा असक्त तीन भूतपूर्व सैनिकलाई ह्विलचियर र बैशाखी प्रदान गरिएको रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए ।

कार्यक्रममा भूतपूर्व सैनिक पत्नी ज्येष्ठ नागरिक ९७ वर्षीया देवकुमारी श्रेष्ठलाई एकल महिलाका रूपमा सम्मान गरिएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully