लमजुङमा गाई काटेको आरोपमा दुई जना पक्राउ

धादिङ रुवीभ्याली गाउँपालिका–८ घर भएका ३० वर्षीय प्रेम तामाङ र ४९ वर्षीय टासी तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत्र २०, २०८२

आश गुरुङ

Two arrested on charges of slaughtering cows in Lamjung

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका–६ चनौटे राउतगाउँमा गाई काटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

धादिङ रुवीभ्याली गाउँपालिका–८ घर भएका ३० वर्षीय प्रेम तामाङ र ४९ वर्षीय टासी तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार अपराह्न करिब ४ बजे प्राप्त सूचनाका आधारमा प्रहरी टोली उक्त स्थानमा खटिएको थियो । सो क्रममा डेरा गरी बस्दै आएका दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार दुवै जनाविरुद्ध पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत लमजुङबाट शुक्रबार ५ दिनको म्याद थप अनुमति लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully