ब्लुबुक नवीकरण लगायतका सेवामा सहजीकरण गरिदिने भन्दै बिचौलियाको भूमिका खेलेको आशंकामा उनीहरूलाई कार्यालय बाहिरबाट पक्राउ गरिएको हो ।
पोखरा — कास्की प्रहरीले यातायात व्यवस्था कार्यालय कास्की परिसरबाट १८ जनालाई नियन्त्रणमा लिएको छ । ब्लुबुक नवीकरण लगायतका सेवामा सहजीकरण गरिदिने भन्दै बिचौलियाको भूमिका खेलेको आशंकामा उनीहरूलाई कार्यालय बाहिरबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार पक्राउ परेकामध्ये १७ जनालाई छाडिएको छ । उनीहरूले लेखापढी सेवा गरी वैधानिक रूपमा लाइसेन्स लिएको देखिएपछि रिहा गरिएको उनले बताए ।
'अब कार्यालय परिसरभित्र प्रवेश गर्न नपाउने, कोठा-कोठा चहार्न नपाउने सर्तमा छोडिएको छ,' उनले भने, 'बाँकी एकजनाविरुद्ध भने आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ ।'
