जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले सडक फराकिलो बनाउनको लागि ढुंगा फुटाउने क्रममा पहिरो खसेर चालक च्यापिएको जानकारी दिए ।
लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका २, भाचे–भदौरे नजिकै सडक फराकिलो बनाउनका लागि ढुंगा फुटाउने क्रममा पहरा खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् ।
खुदी–घनपोखरा–नाँयु सडकअन्तर्गत सडक फराकिलो गर्ने क्रममा बुधबार बिहान करिव ९ बजेतिर पहरा खस्दा एक्स्काभेटर पुरिएको र चालकलाई च्यापिएको स्थानीयले बताएका छन् ।
स्थानीय र प्रहरीका अनुसार ढुंगा फुटाउने क्रममा एक्स्काभेटरमाथि पहरा खसेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले सडक फराकिलो बनाउनको लागि ढुंगा फुटाउने क्रममा पहिरो खसेर चालक च्यापिएको जानकारी दिए ।
करिब ३०-३२ वर्षका ती युवकको पहिचान खुल्न बाँकी रहेको उनले बताए । त्यहाँ रहेको अर्को सानो मेसिनले निकाल्न नसकेपछि अर्को एक्स्काभेटर पठाइएको डीएसपी बस्नेतले बताए । निर्माण व्यवसायी पोखराबाट आउँदै गरेको र आएपछि मात्रै उनको पहिचान खुल्ने प्रहरीले जनाएको छ ।
