बसले ठक्कर दिँदा स्कुटर चालक कँडेलको मृत्यु

दिल्लीबाट काठमाडौं जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिँदा गैंडाकोट नगरपालिका-१३ का ५८ वर्षीय कृष्ण कँडेलको टाउकोमा चोट लागेको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चैत्र ४, २०८२

नारायण शर्मा

Scooter driver Kandel dies after being hit by bus

नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटमा भएको सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी गैंडाकोट नगरपालिका-१३ का ५८ वर्षीय कृष्ण कँडेलको मृत्यु भएको हो । 

बुधबार दिउँसो दिल्लीबाट काठमाडौं जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ७४६३ नम्बरको बसले बाग्मती प्रदेश ०३–०४ प ६४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कँडेल गम्भीर घाइते भएका थिए ।

कँडेलको टाउकोमा चोट लागेपछि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully