पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिसबिरुद्धको खोप अभियान संचालन

जिल्लामा साउनयता १४ जनामा यो रोगको संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

चैत्र २, २०८२

नवीन पौडेल

Vaccination campaign against Japanese encephalitis underway in East Nawalparasi

नवलपुर — मुलुकभरमै पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिस संक्रमण बढी पाइएपछि फागुन २९ देखि जिल्लाभरी जापानिज ईन्सेफलाइटिसबिरुद्धको निःशुल्क खोप अभियान संचालन भइरहेको छ । 

चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफलाइटिस रोगको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जिल्लामा साउनयता १४ जनामा यो रोगको संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । 

३५ वर्षमाथिका सबैलाई वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्र र खोप केन्द्रमार्फत धमाधम खोप लगाउने काम भइरहेको छ ।

जिल्लामा १ लाख ५० हजार जनालाई खोप लगाउने लक्ष्य रहेकोमा चैत १ सम्म २० हजार जनाले खोप पाएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

जापानिज इन्सेफलाइटिस इन्फ्लून्जा संक्रमण भएको हाँस, चराचुरुंगी, संगुरबुंगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्ने चिकित्सकको भनाइ छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully