ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

रिठ्ठाभञ्ज्याङ–सेराबेँसी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामग्री लिएर जाँदै गरेको लु३त ३०२६ नम्बरको ट्र्याक्टर नालीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चैत्र १, २०८२

रासस

One dead, three injured in tractor accident

काठमाडौँ — दमौली तनहुँको भिमाद नगरपालिका–९ अस्पाक्दीमा आइतबार भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

रिठ्ठाभञ्ज्याङ–सेराबेँसी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामग्री लिएर जाँदै गरेको लु३त ३०२६ नम्बरको ट्र्याक्टर नालीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनामा ट्र्याक्टरमा सवार कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरका ४५ वर्षीय माइला भन्ने लड्डु थारुको मृत्यु भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटन बस्ने ३२ वर्षीय अनिल कुमाल, कपिलवस्तुका नारायण पुन र दुर्गाबहादुर पुन घाइते भएका छन् । 

घाइतेहरूलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारपश्चात् घर पठाइएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए ।

रासस

Link copied successfully