एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको निधन

कास्की-१ को निर्वाचन समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि उनी हृदयाघात भई ढलेका थिए ।

फाल्गुन २८, २०८२

दीपक परियार

UML leader and former mayor of Pokhara Krishna Thapa passes away

पोखरा — एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरा–९ शान्तिवनस्थित जिल्ला पार्टी कार्यालयमा बैठकमा बोल्ने क्रममा एक्कासि ढलेपछि उनलाई मणिपाल अस्पताल पुर्‍याइएको थियो ।

कास्की-१ को निर्वाचनको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि उनी हृदयाघात भई ढलेका थिए । उनलाई तुरुन्तै मणिपाल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको अस्पताल स्रोतले जनाएको छ ।

तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर थापा ०७४ मा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । ०७९ मा उनी पुनः पोखरा महानगरको मेयरमा धनराज आचार्यसँग पराजित भएका थिए । यसपल्टको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की-२ बाट उनले अघिल्लो दिन पाएको टिकट भोलिपल्ट खोसिएको थियो । उनको स्थानमा रश्मि आचार्यले टिकट पाएका थिए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully