बदर भएका मतमध्ये ८० प्रतिशत दुई वा दुई भन्दा बढी चिन्हमा मत संकेतले भएको निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले बताए ।
What you should know
गोरखा — मतदाता शिक्षा प्रभावकारी नबन्दा मत बदर बढेको पाइएको छ । दुई निर्वाचन क्षेत्र रहेको गोरखामा समानुपातिक तर्फ ४ हजार २ सय ७६ र प्रत्यक्ष तर्फ ५ हजार २ सय २८ मत बदर भएको छ ।
१ लाख २० हजार ५ सय २५ मतदाता रहेको गोरखा–१ मा प्रत्यक्ष तर्फ ६३ हजार ६ सय ९ मत खसेको थियो । खसेकोमध्ये ६१ हजार ३ सय ९० मत सदर र २ हजार २ सय १९ मत बदर भएका छन् ।
त्यस्तै १ लाख ८ हजार ५ सय ३३ मतदाता रहेका गोरखा–२ मा प्रत्यक्ष तर्फ ५७ हजार १ सय ५६ मत खसेको थियो । गोरखा–२ को प्रत्यक्षमा ३ हजार ९ मत बदर भएको छ । ५४ हजार १ सय ४७ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
गोरखा–१ मा समानुपातिक तर्फ ६४ हजार ३ सय ८९ मत खदसेको थियो । तीमध्ये ६२ हजार ७ सय १३ मत सदर र १ हजार ६ सय ७७ मत बदर भएको छ । त्यस्तै गोरखा–२ मा समानुपातिक तर्फ २ हजार ५ सय ९९ मत बदर भएको छ । ५७ हजार ९ सय २४ मत खसेकोमा ५५ हजार ३ सय २५ मत सदर भएको कार्यालयले जनाएको छ ।
बदर भएका मतमध्ये ८० प्रतिशत दुई वा दुई भन्दा बढी चिन्हमा मत संकेतले भएको निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले बताए । ‘३ प्रतिशत जति बदर औंठा छाप लगाएर भएको पायौं, दुई प्रतिशत दुई वटा कोठामा पर्ने गरेर मत संकेत गरिएको छ,’ उनले भने,‘बााकी स्वस्तिक छाप नबुझिने गरेर लगाएको, खाली छाडेको कारणले बदर भएको पायौं ।’
