गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी

गुरुङले २९ हजार ८९६ मत ल्याएका छन् ।

फाल्गुन २५, २०८२

हरिराम उप्रेती

Sudhan Gurung of RSVP wins in Gorkha-1

गोरखा — प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा-१ बाट रास्वपाका सुधन गुरुङ निर्वाचित भएका छन् । कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गर्दै राई विजयी भएका हुन् । 

गुरुङले २९ हजार ८९६ मत ल्याए भने खत्रीले १५ हजार ३९८ मत पाए । तेस्रो स्थानमा नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ र चौथोमा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

गोरखा-१ मा २०६४ को निर्वाचनमा तत्कालीन माओवादी र कांग्रेसले आलोपालो जित्दै आएका थिए । २०६४, २०७० र २०७४ मा माओवादी तथा २०७९ को निर्वाचनमा कांग्रेस विजयी वनेको थियो ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully