उनले२९ हजार ७१ मत ल्याएका हुन्।
स्याङ्जा — निकटम प्रतिद्वन्द्वीलाई १० हजार २ सय १४ मतले पछाडि पार्दै स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनञ्जय रेग्मी निर्वाचित भएका छन् । उनले२९ हजार ७१ मत ल्याएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत ल्याएर उपविजेता बनेका छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार मीनप्रसाद गुरुङले १६ हजार ८०४ मत ल्याएर तेस्रो भए। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरे १ हजार ५ सय ५२ मतसहित चौथो भएका छन् ।
रेग्मी यसअघि पर्यटन क्षेत्रमा कृयाशील थिए । ६ महिनादेखि रास्वपाको सकृय राजनीति रहेका रेग्मी स्याङ्जाको गाउँ गाउँमा समस्या सुन्दै अभियानमा जुटेका थिए ।
स्याङ्जा–१ मा एक लाख ३० हजार ८८६ मतदाता थिए। तीमध्ये ७० हजार ९ सय ४४ मत खसेको थियो । खसेको मतमध्ये २ हजार ९ सय ८ मत बदर भएको थियो ।
यहाँ ११ दल र एक स्वतन्त्रसहित १२ जना प्रतिस्पर्धामा थिए ।
