दुर्घटनामा परी सुन्दरबजार नगरपालिका–६ सैनिकटोल बस्ने २९ वर्षीया चुनु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लमजुङ — लमजुङको सुन्दरबजार नगरपालिका–७ कुमालटारमा अटो दुर्घटना हुँदा शनिबार राति एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी सुन्दरबजार नगरपालिका–६ सैनिकटोल बस्ने २९ वर्षीया चुनु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाउँदीबाट सुन्दरबजारतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ ह ००४० नम्बरको अटो साँझ ७:५५ बजेतिर दुर्घटना हुँदा गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते गुरुङलाई उपचारका लागि नमुना सामुदायिक अस्पताल सुन्दरबजार लगिएकोमा उपचारकै क्रममा राति ८:५० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अटो र चालक सुन्दरबजार नगरपालिका–७ का २५ वर्षीय सञ्जय बसेललाई इलाका प्रहरी कार्यालय सुन्दरबजारले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
