हस्ताक्षरबिनाका मतपत्रले रोकियो स्याङ्जा-२ को मतगणना

मतदान अधिकृतको हस्ताक्षर नभएका १७१ मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको हो।

फाल्गुन २२, २०८२

प्रतीक्षा काफ्ले

Syangja-2 vote counting halted due to unsigned ballot papers

स्याङ्जा — स्याङ्जा–२ को मतगणना अझै सुरु हुन सकेको छैन। वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएका १७१ मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको हो।

विवादका कारण हिजो केही समय मतदान रोकिएको थियो। पछि मतदान केन्द्रमै सर्वपक्षीय सहमति भएपछि मतदान पुनः सञ्चालन गरिएको थियो।

तर यही विषयलाई लिएर अहिले मतगणना प्रक्रिया प्रभावित बनेको छ। विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला पक्षबीच छलफल भइरहेको छ।

निर्वाचन आयोगको निर्णय पर्खिरहेका कारण मतगणना सुरु गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतीक्षा

Link copied successfully