प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
स्याङ्जा — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ भने नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौथो स्थानमा रहेको छ ।
रास्वपाबाट धन्जय रेग्मी, एमालेबाट मीनप्रसाद गुरुङ, नेपाली कांग्रेसबाट भरतराज ढकाल र नेकपाबाट शैलेन्द्र घिमिरे उम्मेदवार रहेका छन् ।
शुक्रबार बिहान १ बजेदेखि मतगणना सुरु गरिएको हो ।
हालसम्म सार्वजनिक भएको हरिनास गाउँपालिकाको प्रारम्भिक मतपरिणामअनुसार रास्वपाको चुनाव चिह्न घण्टीले २ हजार २ सय २ मत प्राप्त गरेको छ भने एमालेको सूर्यले २ हजार २ सय २ मत नै पाएको छ । नेपाली काँग्रेसको रुखले १ हजार ८ सय ४ मत ल्याएको छ ।
यस्तै, तारा चिह्नले १६६ मत प्राप्त गरेका छन् ।
सुरुमा हरिनास गाउँपालिकाको मतगणना गरिएको थियो । अहिले अर्जुनचौपारी गाउँपालिकाको मतगणना सुरु गरिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
