उत्तरी गोरखाका २३ केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिने

सडक सञ्जाल विस्तार नभएको र भौगोलिक रुपमा विकट रहेकाले हेलिकोप्टरमार्फत ढुवानी हुने भएको हो ।

फाल्गुन २१, २०८२

हरिराम उप्रेती

Ballot boxes from 23 centers in North Gorkha will be transported by helicopter

गोरखा — उत्तरी गोरखाअन्तर्गत २३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिने भएको छ ।

जिल्ला सुरक्षा समितिले सडक सञ्जाल विस्तार नभएको र भौगोलिक रुपमा विकट रहेको चुमनुव्री गाउँपालिकाअन्तर्गत २३ मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानीका लागि आग्रह गरेको थियो । 

चुमनुव्री–१ को गौरीशंकर आधारभूत विद्यालय, साम्दो आधारभूत विद्यालय, वडा नम्वर २ को गाविस भवन स्यो, सामुदायिक भवन ल्होको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिनेछ । त्यस्तै चुमनुव्री–४ को स्वास्थ्य चौकी नामरुङ लार्केबजार, वडा नम्वर ३ को फिलिम आधारभूत विद्यालय पाति, बुद्ध मावि फिलिम, पाङसिङ आधारभूत विद्यालय पाङसिङ, सिदुङ आधारभूत विद्यालय सरस्युङ, बौद्धहिमाली आधारभूत विद्यालय, न्याक श्रृङ्गी हिमाली आधारभूत विद्यालय,न्याक मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ढुवानी गरिने छ ।

चुमनुव्री–४ को प्रोक आधारभूत विद्यालय प्रोक, क्वाक आवि क्वाक, हिमचुली आधारभूत विद्यालय छाक, वडा नम्बर ५ को क्राक आधारभूत विद्यालय क्राक, गुम्बा हिमाली आधारभूत विद्यालय घुम्मत, चुमनुव्री–६ को सिप्चेत आधारभूत विद्यालय सिप्चेत, चुम्लिङ आवि चुम्चेत, खार सामुदायिक खोप केन्द्र खार, सिद्ध गणेश आवि चुम्लिङ, वडा नम्वर ७ को छेकम आधारभूत विद्यालय झुङ, छुलेनिले आवि छुलेनिले र बुद्ध आवि लार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टर मार्फत ढुवानी हुनेछ । 

ती मतदान केन्द्रको मतपेटिका भोलि मात्र हेलिकोप्टरमार्फत ढुवानी हुने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully