स्याङ्जामा ४५ प्रतिशत मत खस्याे

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भए पनि अपेक्षाअनुसार मतदाताको उत्साह भने देखिएन् ।

फाल्गुन २१, २०८२

प्रतीक्षा काफ्ले

45 percent of votes cast in Syangja

स्याङ्जा — बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा ४५ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि अपेक्षाअनुसार मतदाताको उत्साह भने देखिएन् ।

जिल्लाभरका मतदान केन्द्रमा सुरक्षाको कडा व्यवस्था मिलाइए पनि अधिकांश स्थानमा मतदाताको उपस्थिति मध्यम रहेको थियो । बिहानको समयमा मतदान केन्द्रहरूमा कम चहलपहल देखिएको भए पनि दिउँसोपछि केही स्थानमा मतदाताको उपस्थिति बढेको थियो ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई मतदान केन्द्र तथा आसपासका क्षेत्रमा परिचालन गरिएको थियो ।

मतदान सम्पन्न भएसँगै अब मतपेटिका संकलन गरी सुरक्षित रूपमा मतगणना स्थलमा ल्याउने काम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।

मतदानस्थलबाट मतपेटिका सुरक्षितरूपमा मतगणनास्थल ल्याइसकेपछि आजै सर्वदलीय बैठकपछि मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले बताए ।  स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा १ लाख ३० हजार ८८६ र क्षेत्र २ मा १ लाख १७ हजार ९३० मतदाता रहेका छन् ।

प्रतीक्षा

Link copied successfully