जिप चालक दूधपोखरी गाउँपालिका ६ का ३२ वर्षीय लिला गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका २, मनकामना टोलमा जिपको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
ग३च ९१३ नं. को जिपले ठक्कर दिँदा गम्भीर घाइते स्थानीय ५० वर्षीय मंगली सुवेदीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भकुण्डेबाट भित्री सडक गैरीतर्फ जाँदै गरेको जिपले पैदल हिँडिरहेका सुवेदीलाई शनिबार अपरान्ह साढे ४ बजेतिर ठक्कर दिएको थियो । उपचारको लागि बेंसीसहरस्थित प्रदेश अस्पतालमा लगिएको थियो ।
टाउकोमा गम्भीर चोट लागेका उनको बेंसीसहरमा उपचार हुन नसकी नयाँ मेडिकल कलेज चितवन लगिएको थियो । उपचारमा संलग्न चिकित्सकले शनिबार राती करिब १० बजेतिर सुवेदीको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।
जिप चालक दूधपोखरी गाउँपालिका ६ का ३२ वर्षीय लिला गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
