पोखराका सहकारीपीडितले बुझाए कांग्रेस सभापति थापालाई ज्ञापनपत्र

कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्न पोखरा आएका उनलाई अमरसिंह मैदानमा आयोजित सभामै पुगेर पीडितहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

फाल्गुन १५, २०८२

दीपक परियार

Pokhara cooperative victims submit memorandum to Nepali Congress President Thapa

पोखरा — पोखराका सहकारीपीडितले शुक्रबार पोखरामा कांग्रेस सभापति गगन थापालाई ज्ञापनपत्र बुझाएका छन् । 

कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्न पोखरा आएका उनलाई अमरसिंह मैदानमा आयोजित सभामै पुगेर पीडितहरुले ज्ञापनपत्र बुझाएका हुन् । सहकारी बचतपीडित संघर्ष समिति कास्कीका संयोजक किरण श्रेष्ठलगायतले ज्ञापनपत्र बुझाए । 

फागुन २१ पछि बन्ने सरकारले बचत फिर्ताको ग्यारेन्टी र सहकारी ठगीमा संलग्नलाई कारबाही माग गर्दै ज्ञापनपत्र बुझाएको श्रेष्ठले बताए । 

'हामी धेरै पीडित भएर बाँचेका छौं,' उनले भने, 'उहाँ प्रधानमन्त्री भएको अवस्थामा समस्या समाधान होला भन्ने आशासहित ज्ञापनपत्र बुझाएका हौं ।' 

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully