४१ वर्षीय जैबहादुर तामाङको मृत्यु
गोरखा — अजिरकोट गाउापालिका-१ ताराखोलामा जिप दुर्घटना हुँदा नुवाकोट विदुर नगरपालिका-६ तलेखुका ४१ वर्षीय जैबहादुर तामाङको मृत्यु भएको छ ।
राङरुङबाट कालिका हाइड्रोपावरतर्फ जाँदै गरेको कालिका हाइड्रोपावरको सामान बोक्ने बा २० च ८२१० नम्बरको जिप पल्टिएर दुर्घटनामा परेको जनाएको छ ।
चालक तामाङको जिपले च्यापेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय जौबारीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको पनि उनले बताए ।
