मृत चितुवालाई डिभिजन वन कार्यालयमा ल्याइएको र बुधबार पशुचिकित्सकसहित विज्ञबाट पोस्टमार्टम गरिने तयारी गरिएको कार्यालयका प्रमुख मदनमोहन शान्डिल्यले बताए ।
गोरखा — गोरखा नगरपालिका-४ हिलेखर्कमा चितुवा मृत फेला परेको छ । मंगलबार दिउँसो स्थानीय डम्बरबहादुर थापाको बारीमा चितुवा मृत भेटिएपछि स्थानीयले डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।
मृत चितुवालाई डिभिजन वन कार्यालयमा ल्याइएको र बुधबार पशुचिकित्सकसहित विज्ञबाट पोस्टमार्टम गरिने तयारी गरिएको कार्यालयका प्रमुख मदनमोहन शान्डिल्यले बताए ।
‘हिजो राति चितुवा जुधेको जस्तो आवाज सुनेको स्थानीयहरूबाट बुझ्दा थाहा भएको छ, चितुवाको शरीरमा पनि चिथोरिएको घाउहरु छन्,’ उनले भने,‘जुधेर नै चितुवाको मृत्यु भएको अनुमान हो ।’