माघ २० को समय सीमाभित्र ४४ थान हातहतियार प्रहरीमा प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
गोरखा — जिल्लामा इजाजत प्राप्त ४४ थान हातहतियार जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर जिल्ला भित्र अवैध रुपमा रहेका तथा ब्यक्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियार बुझाउन आग्रह गरेको थियो ।
माघ २० को समय सीमाभित्र ४४ थान हातहतियार प्रहरीमा प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
इजाजत प्राप्त हतियार नबुझाएको निगरानी पनि भइरहेको प्रहरीले जनाएको छ । तोकिएको समयभित्र हातहतियार नबुझाए प्रचलित कानुन बमोजिम कारवाही हुने पनि प्रशासनले चेतावनी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा ३१ थान, इलाका प्रहरी कार्यालय ठााटीपोखरीमा ९, इलाका प्रहरी कार्यालय आरुघाट र जौवारीमा २/२ थान हतियार बुझाइएको हो।