बागलुङमा माग अनुसारको आवेदन नपरेपछि अपुग निर्वाचन प्रहरी गोरखाबाट पनि पठाइएको हो ।
गोरखा — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाबाट ४२ जना निर्वाचन प्रहरी बागलुङ पठाइएको छ ।
बागलुङमा माग अनुसारको आवेदन नपरेपछि अपुग निर्वाचन प्रहरी गोरखाबाट पनि पठाइएको हो ।
वैकल्पिक सूचीमा रहेका ४२ जनालाई उनीहरुको इच्छा अनुसार बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
गोरखाका लागि आवश्यक २२ सय ८३ निर्वाचन प्रहरी छनोट गरेर तालिम भइरहेको पनि डीएसपी श्रेष्ठले बताए।
गोरखा हरमटारी खेलमैदान, गोरखा क्याम्पस, मझुवा, इलाका प्रहरी कार्यलय ठााटीपोखरी, जौवारी र आरुघाटबाट निर्वाचन प्रहरीका लागि तालिम दिइएको छ ।
त्यस्तै सशस्त्र प्रहरी तर्फ छनौट भएका ७९ जनाको तालिम पनि आहालेस्थित सशस्त्र प्रहरी क्याम्पमा भइरहेको छ ।
