गोरखाको आरुघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आरुघाट गाउँपालिका–३ घुमाउनेमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

माघ १७, २०८२

हरिराम उप्रेती

One person dies in motorcycle accident in Arughat, Gorkha

गोरखा — आरुघाट गाउँपालिका–३ घुमाउनेमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान खुलेको छैन । आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल शनिबार साँझ अनियन्त्रीत भएर सडकको दायाँ भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

टाउको र अनुहारमा चोट लागेर अचेत अवस्थामा रहेका मोटरसाइकल चालक करिब ३० वर्षीय युवकलाई आरुघाट अस्पताल आरुघाटमा ल्याएलगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully