प्रतियोगितामा पहिलो बन्ने टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद प्राप्त गर्ने नगरपालिकाका खेल संयोजक संयोजक प्रदीप कुँवरले जानकारी दिए ।
गोरखा — गोरखा नगरपालिका मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । शनिबार गोरखा–१० छेवेटार स्थित खेलमैदानमा सुरु भएको प्रतियोगितामा १४ वटा वडाको टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको शनिबार गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना र उपमयेयर मसली माया थोकरले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन शनिबार ३ खेल सम्पन्न भएको छ । प्रतियोगितामा वडा १२ र १३ बीच भएको खेलमा १–० गोल अन्तरले वडा १३ विजय बनेको छ । त्यस्तै वडा ४ र ५ बीच भएको खेलमा २–१ गोल अन्तरले वडा ५ विजयी बनेको छ । वडा १४ र ७ बीच भएको खेलमा ३–१ गोल अन्तरले वडा १४ विजय बनेको छ ।
प्रतियोगितामा पहिलो बन्ने टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद प्राप्त गर्ने नगरपालिकाका खेल संयोजक संयोजक प्रदीप कुँवरले जानकारी दिए । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना बन्ने टिमले क्रमश ५१ हजार १ सय ११, ३० हजार १ सय ११ र १५ हजार १ सय ११ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विविध पुरस्कार तर्फ भने सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार १ सय ११ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, र उत्कृष्ट कोचलाई जनही २ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ ।
