कोटा अपुग भएपछि गोरखामा निर्वाचन प्रहरीका लागि दरखास्त दिने समय दुई दिन थप

आवश्यक संख्या भन्दा कमको आवेदन परेपछि पुन दुई दिन म्याद थप गरिएको हो ।

माघ ९, २०८२

हरिराम उप्रेती

Application deadline for election police in Gorkha extended by two days due to insufficient quota

गोरखा — जिल्ला प्रहरी कार्यालय गोरखाले निर्वाचन प्रहरीमा भर्ना हुने म्याद दुइ दिन थप गरेको छ ।

आवश्यक संख्या भन्दा कमको आवेदन परेपछि पुन दुई दिन म्याद थप गरिएको हो । 

शनिबार र आइतबार दुई दिन निर्वाचन प्रहरी हुन इच्छुकले दरखास्त दिन सकिने जिल्ला प्रहरी कार्यलय गोरखका प्रहरी निरीक्षक राजन लम्सालले बताए । इच्छुकलाई थपिएको म्यादमा दरखास्त दिन पनि आग्रह गरिएको छ ।

जिल्लामा २२ सय ८३ निर्वाचन प्रहरी आवश्यक रहेकेमा १९ सय ६४ को मात्र आवेदन परेको थियो । अपुग कोटा पदपूर्तिका लागि पुन दरखास्त आह्वान गरिएको हो ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully