दुई दिनअघि यहाँ गजेन्द्रबहादुर आले र घिमिरेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको टिकट ल्याएर उम्मेदवारी दर्ता गराएका थिए ।
नवलपरासी — पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार बालकृष्ण घिमिरे तोकिएका छन् ।
मुख्य निर्वाचन अधिकृत कमल ज्ञवालीले बालकृष्ण घिमिरे उम्मेदवार किटान भएको जानकारी दिए । बालकृष्ण सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले सुरु गरेको विशेष महाधिवेशनको पक्षमा जिल्लामा खुलेका नेता हुन् । उनी कांग्रेसका जिल्ला उपसभापतिसमेत हुन् ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा कांगेसले भिमबहादुर थापालाई उम्मेदवार बनाएको छ ।
