स्याङ्जा ट्र्याक्टर दुर्घटना : दुई जनाको मृत्यु

जिल्ला प्रहरीका अनुसार मंगलबार दिउँसो वालिङबाट लु ३ त ५१७३ नम्बरको ट्र्याक्टर ढुँगा लिएर जाने क्रममा अनियन्त्रित हुँदा सडकबाट १० मिटर तल खसेको थियो ।

माघ ६, २०८२

प्रतीक्षा काफ्ले

Syangja tractor accident: Two people killed

काठमाडौँ — वालिङबाट चापाकोटतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका–७ केवरेका ६५ वर्षीय डोलराज कोइराला र कैलालीको टिकापुर नगरपालिका–७ का ३५ वर्षीय राजकुमार चौधरी रहेका छन् ।

उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा चिकित्सकले मृत घोषण गरेका हुन् ।  जिल्ला प्रहरीका अनुसार मंगलबार दिउँसो वालिङबाट लु ३ त ५१७३ नम्बरको ट्र्याक्टर ढुँगा लिएर जाने क्रममा अनियन्त्रित हुँदा सडकबाट १० मिटर तल खसेको थियो ।

यसैगरी दुर्घटनामा चार जना घाइते भएका छन् । जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी प्रशन्नराज चौधरीका अनुसार घाइते हुनेमा पश्चिम नवलपरासीको सरल गापा–१ का २८ वर्षीय लालबहादुर सुनार, कैलालीको लम्की नगरपालिका–५ का २२ वर्षीय श्याम चौधरी, ३९ वर्षीय लक्ष्मण चौधरी र दाङको राप्ती गापा–५ का ३५ वर्षीय हुकुमबहादुर दर्लामी रहेका छन् । उनीहरुलाई वालिङ स्वास्थ्य केन्द्रले प्रारम्भिक उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरेको छ ।

प्रतीक्षा

Link copied successfully