गोरखामा माघीको रौनक

मगर समुदायले माघीलाई ऐतिहासिक सांस्कृतिक पर्वका रुपमा मनाउँदै आएका छन्।

माघ १, २०८२

हरिराम उप्रेती

The splendor of Maghi in Gorkha

गोरखा — माघे संक्रान्ति पर्व बिहीबार विविध कार्यक्रम गरी मनाइएको छ। नेपाल मगर संघ नगर कार्यसमितिको आयोजनामा गोरखा सदरमुकाममा झाँकीसहितको र्‍याली निकालिएको थियो ।

परम्परागत भेषभुषामा सजिएर सदरमुकामको बसपार्क, हरमटारी हुँदै खेलकुद मैदानसम्म सांस्कृतिक झाँकी निकालिएको हो। झाँकीमा सहभागीले चुट्का, झ्याउरे, पञ्चेबाजा तथा परम्परागत नाच प्रस्तुत गरेका थिए।  

मगर समुदायको बाहुल्यता रहेको पालुङटार, आरुघाट, सहिद लखन गाउँपालिकालगायतको क्षेत्रमा फनि विविध कार्यक्रम गरी माघे संक्रान्ति पर्व मनाइएको छ। मगर समुदायले माघीलाई ऐतिहासिक सांस्कृतिक पर्वका रुपमा मनाउँदै आएका छन्।  

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully