वितरण केन्द्रमा रहँदा १३ लाख ९३ हजार ६३० रुपैयाँ बराबरको सार्वजनिक समपत्ति हानिनोक्सानी गरेको देखिएको जनाउँदै तत्कालीन प्रमुख सिंहलगायतलाई मुद्दा दायर गरिएको हो ।
काठमाडौँ — अख्तियार दूरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा, वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगद्वारा मंगलबार जारी विज्ञप्तिमा वितरण केन्द्रमा रहँदा १३ लाख ९३ हजार ६३० रुपैयाँ बराबरको सार्वजनिक समपत्ति हानिनोक्सानी गरेको देखिएको जनाउँदै तत्कालीन प्रमुख सिंहलगायतलाई मुद्दा दायर गरिएको हो ।
यस्तै केन्द्रका सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले र सेक्युरिटी गार्डहरू रामकुमार पुर्जा र हेम शर्मालाई प्रतिवादी बनाई आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।
