महेन्द्र राजमार्गअन्तर्गत कावासोती र डण्डाको बीचमा रहेको केरुंगे खोलामा पुल निर्माण गरेर सोमबारबाट यातायात संचालन भएको हो ।
नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीस्थित केरुंगे खोलामा पक्की पुल निर्माण सम्पन्न भएर यातायात संचालनमा आएको छ ।
महेन्द्र राजमार्गअन्तर्गत कावासोती र डण्डाको बीचमा रहेको केरुंगे खोलामा पुल निर्माण गरेर सोमबारबाट यातायात संचालन भएको हो । महेन्द्र राजमार्ग विस्तारका क्रममा यो पुलको निर्माण कार्य चार वर्षअघि सुरु भएको हो ।
बुटवल–नारायणगढ सडक फराकिलो पार्ने काम गरिरहेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका कन्सल्ट्यान्ट इन्जिनियर राकेश झाका अनुसार केरुंगे खोला पुलमा एप्रोच रोडसमेत निर्माण गरेर सुचारु भएको हो ।
