लागूऔषधसहित पूर्वी नवलपरासीबाट दुई जना पक्राउ

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको बर्दघाटका २५ वर्षीय रामु नाउ र सुनवल बस्ने १९ वर्षीया राजकुमारी कुँवर रहेका छन् ।

पुस २५, २०८२

नवीन पौडेल

Two arrested with drugs from East Nawalparasi

परासी — पूर्वी नवलपरासीको कावासोती नगरपालिका-१६ बाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पूर्व-पश्चिम राजमार्गमा नियमित चेकजाँचका क्रममा बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुवाहक बसमा लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको बर्दघाटका  २५ वर्षीय रामु नाउ र सुनवल बस्ने  १९ वर्षीया राजकुमारी कुँवर रहेका छन् । उनीहरूका साथबाट डाइजेपाम, प्रोमेथाजिन हाइड्रोक्लोराइड र बुप्रेनोर्फिन इन्जेक्सनसहित २ हजार ७ सय ७० एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully