कुटपिटबाट घाइते बनेकी अनुष्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी भरत विकले बताए ।
गोरखा — श्रीमान्को कुटपिटबाट पालुङटार नगरपालिका–३ वोगटीगाउँकी २१ वर्षीया अनुष्का परियारको मृत्यु भएको छ । बिहीबार उनका श्रीमान् शंकर सुनारले कुटपिट गरेपछि अनुष्का अचेत बनेकी थिइन् ।
घटनापछि इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट पुगेको प्रहरी टोलीले परियारलाई उपचारका लागि आँपपिपल अस्पताल पुर्याएको थियो । उपचारका क्रममा अनुष्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी भरत विकले बताए ।
पारिवारिक विवादका कारण कुटपिटको घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको पनि उनले बताए । शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।
