बुधबार आन्तरिक राजस्व कार्यलय तनहुँका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृत बीच समझदारी पत्रमा हस्ताक्षर गरेर सेवाको सुरुवात गरिएको हो।
गोरखा — चुमनुब्रीले गाउँपालिका कार्यालयबाट स्थायी लेखा नम्वर (प्यान) कार्ड दिन सुरु गरिएको छ।
कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकबाट साविकको करदाता सेवा कार्यलयहरु खारेज भएसँगै जिल्लाको करदाता सेवा कार्यालयबाट दिँइदै आएका कतिपय सेवा कोष तथा लेखा नियन्त्रक कार्यालय वा स्थानीय तहबाट प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।
सोही अनुसार स्थानीय तहबाटै कर सम्बन्धी सेवा प्रदान थालिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए।
बुधबार आन्तरिक राजस्व कार्यलय तनहुँका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृत बीच समझदारी पत्रमा हस्ताक्षर गरेर सेवाको सुरुवात गरिएको हो।
गाउँपालिकाबाटै आन्तरिक र व्यावसायिक प्यानसहितको करको सेवा शुभारभ्भ गर्ने गण्डकी प्रदेशभरिमा नै चुमनुब्री पहिलो बनेको पनि लामिछानेले बताए।
पालिकामै सेवा सुचारु भएसँगै चुमनुब्रीका स्थानीय अब कर सम्बन्धी सेवा लिन सदरमुकामसम्म आउनुपर्ने बाध्यता पनि हटेको छ।
अब चुमनुब्रीका स्थानीयले व्यक्तिगत स्थायी लेखा नम्बर, व्यावसायिक स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क इजाजत पत्र र नवीकरणका लागि सम्बिन्धत आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने र इजाजतपत्र उपलब्ध गराउने, करचुक्ता प्रमाणपत्रलगायतको सेवा पाउँछन्।
त्यस्तै करदाता सेवा कार्यलय खारेज भएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पनि कर सम्बन्धी सेवा सुरु भएको छ। बुधबारबाट करदाता सेवा कार्यालयबाट हुँदै आएका सेवाहरु कोष तथा लेखा नियन्त्रक कार्यालयबाट संचालन थालिएको हो।
