त्रिशूली नदीमा नुहाउन गएका दुई जना बेपत्ता

शनिबार बेपत्ता बनेकाहरुको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटको गोताखोरसहितको टोली परिचालन गरिएको थियो ।

पुस २०, २०८२

हरिराम उप्रेती

Two people who went to bathe in the Trishuli River go missing

गोरखा — चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकैको त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता बनेका छन् ।

सुपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा बस्ने २१ वर्षका शंकर चौधरी र राजापुर नगरपालिका घर भएका २२ वर्षीय सौरभ थारु नुहाउने क्रममा डुबेर बेपत्ता बनेको प्रहरीले जनाएको छ । 

शनिबार बेपत्ता बनेकाहरुको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटको गोताखोरसहितको टोली परिचालन गरिएको थियो ।

बेपत्ता भएकाहरु त्रिशूली हाइड्रो पावरमा काम गर्न आएका सिइ कन्ट्रक्सन प्रालिका कामदार रहेको खुलेको छ । शनिबार साझा सम्म खोजी गर्दा बेपत्ता भएकाहरु नभेटिएको र आइतबार पनि खोजी कार्य जारी रहने शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully