कांग्रेस नेता कुमार खड्का, मिलन थापा र एमालेका पुष्प अधिकारी रास्वपा प्रवेश

गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कासहित कांग्रेस निकट व्यवसायी मिलन थापा, एमाले निकट व्यवसायी पुष्प अधिकारी र पाइलट मदन केसीले शनिबार रास्वपा प्रवेश गरेका छन्।

पुस १९, २०८२

दीपक परियार

Congress leaders Kumar Khadka, Milan Thapa and UML's Pushpa Adhikari join Rashtriya Swayamsevak Sangh (RSS).

पोखरा — कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गरेका छन्।

उनीसहित कांग्रेस निकट व्यवसायी मिलन थापा, एमाले निकट व्यवसायी पुष्प अधिकारी र पाइलट मदन केसी पनि शनिबार रास्वपा प्रवेश गरेका छन्।

उनीहरूलाई रास्वपाको गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट कार्यक्रममा शनिबार उपसभापति स्वर्णिम वाग्लेले स्वागत गरे।

खड्काले अखण्ड नेपाल पार्टी स्थापना गरी राजनीति सुरू गरेका थिए। कांग्रेस प्रवेश गरेपछि उनी पहिलो प्रदेशसभामा समानुपातिक सांसद चुनिएका थिए।

गएको प्रदेशसभा सदस्य निर्वाचनमा कास्की २ (ख) मा अर्का कांग्रेस नेता विन्दुकुमार थापाले टिकट पाएपछि उनी असन्तुष्ट थिए। गत चुनावमा उनी थापाको विरूद्धमा लागेको भन्दै कांग्रेसको कारवाहीमा परेका थिए।

विन्दुकुमार थापा हाल प्रदेशमा सामाजिक विकास मन्त्री छन्। शनिबार रास्वपा प्रवेश गरेकी मिलन थापा उनै विन्दुका भाई ध्रुव थापाकी श्रीमती हुन् । मिलन लायन्सलगायतका संस्थामा सक्रिय छिन् । थापा र खड्काको प्रदेश निर्वाचन क्षेत्र समेत एउटै हो । 

रूपाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारी यसअघि एमाले निकट हुन्। उनी एमालेबाट पोखरा महानगरपालिका प्रमुखको आकांक्षी पनि थिए।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully