ट्रकको ठक्करबाट मजदुरको मृत्यु

घाइते राईको उपचारका क्रममा मंगलबार चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी गोरखाका निरीक्षक राजन लम्सालले बताए ।

पुस १५, २०८२

हरिराम उप्रेती

Worker dies after being hit by truck

गोरखा — बारपाक–लाप्राक सडक खण्ड अन्तरगत बारपाक सुलिकोट–२ मा ट्रकको ठक्करबाट सडकमा काम गर्न आएका एक मजदुरको मृृत्यु भएको छ।

सोमबार बारपाकबाट लाप्राक तर्फ गइरहेको ना५ख ९२७१ नम्बरको ट्रकले ठक्कर दिँदा उदयपुर बेलका नगरपालिका–४ लालबजार घर भइ सडकको काम गर्न आएका ४० वर्षीय दिपक कुमार राई घाइते भएका थिए।  

घाइते राईको उपचारका क्रममा मंगलबार चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी गोरखाका निरीक्षक राजन लम्सालले बताए ।

ट्रकचालक सहिद लखन–७ का ईन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully