गोरखा दौडमा आर्मीका रोकाय पहिलो

त्रिभुवन आर्मी क्लबका रोकाय ८ किलोमिटर दुरी २९ मिटेर ३८ सेकेण्डमा पार गर्दै पहिलो बनेका हुन् ।

पुस १४, २०८२

हरिराम उप्रेती

Army's Rokai wins first in Gorkha race

गोरखा — १२ औं गोरखा महोत्सवको अवसरमा भएको ‘म्यान अफ द गोरखा दौड’मा नेपाली सेनाका राजन रोकाय पहिलो बनेका छन् ।

त्रिभुवन आर्मी क्लबका रोकाय निर्धारित ८ किलोमिटर दुरी २९ मिटेर ३८ सेकेण्डमा पार गर्दै  पहिलो बनेका हुन् । 

पहिलो बनेका रोकायलाई द्रब्यशाहकालीन पोशाक लगाएर पञ्चेबाजासहित बजार परिक्रमा गराइएको उद्योग वाणिज्य संघ गोरखाका दौड संयोजक शरण श्रेष्ठले बताए । उनलाई नगद ३० हजार प्रदान गरिएको छ । 

आर्मीकै गणेश रावल ३० मिनेट १८ सेकेण्डमा निर्धारीत दुरी पार गरेर दोस्रो बने । आर्मीका टंकबहादुर कार्की ३० मिटेट ५९ सेकेण्डमा निर्धारीत दुरी  पार गरेर तेस्रो बनेका छन् । उनीहरुले क्रमशः २० हजार र १० हजार नगद पुरस्कार पाएका छन् । 

नेपाल प्रहरी एकेडेमीका सन्तोष नाथ योगी र आष्मा विक सान्त्वना बनेका छन् । सान्त्वना बनेका योगीलाई ५ हजार र विकलाई दुई हजार नगद पुरस्कार प्रदान गरिएको उनले बताए ।

गोरखा नगरपालिका–५ द्रब्यशाहको राज्यभिषेक चौतारादेखि पस्लाङदेखि गोरखा दरबारस्थित हनुमानभञ्ज्याङसम्मको ८ किलोमिटर दुरीमा प्रतियोगिता भएको हो । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully